जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस् : प्रभु साह
काठमाडौं । आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा परिणत गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
आमजनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष साहले मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको तर्क गरे।
अध्यक्ष साहले भ्रष्टाचार, बेथिति र दलीय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गरे। उनले भने, ‘जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस्।‘ उनका अनुसार यही अवस्थाविरुद्ध तेस्रो जनआन्दोलनको स्पष्ट रणनीति तय गर्न बैठक आह्वान गरिएको हो।
बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजना र आन्दोलनको स्वरूपबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment