सुनको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएकोमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ।
बुधबार तोलामा ४ हजार ४ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment