निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

डिसी नेपाल
१० पुष २०८२ १५:२०
20
Shares

सिरहा अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बता। उले भने, सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु।

ले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बता। निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गरे

कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बता

दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरे

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगीव्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.