अष्ट्रेलिया र इङ्ग्ल्याण्डको टेस्टमा तोडियो ११६ वर्षदेखि कायम रहेको रेकर्ड
काठमाडौं । अष्ट्रेलिया विरुद्धको एशेज शृंखलामा इङ्ग्ल्याण्ड फेरि एकपटक समस्यामा परेको देखिएको छ । मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टको पहिलो दिन इङ्ग्ल्याण्ड केवल ११० रनमा अलआउट भएको छ।
खेलको पहिलो दिन कुल २० विकेट झरेका छन् । यो ११६ वर्षमा एशेज शृङ्खलाको पहिलो दिन गुमेको सबैभन्दा धेरै विकेट संख्या हो। यसअघि ११६ वर्षअघि सोही शृङ्खलाको पर्थ टेस्टको पहिलो दिन १९ विकेट झरेका थिए।
अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले खेलअघि भविष्यवाणी गरेका थिए – पिचमा रहेको १० मिलिमिटर लामो घाँसले ब्याट्सम्यानहरूका लागि चुनौती खडा गर्नेछ र उनीहरू अत्यन्तै सतर्क रहनुपर्नेछ। स्मिथको भनाइ सही साबित भयो।
पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४५.२ ओभरमा १५२ रनमै अलआउट भयो। त्यसपछि ब्याटिङ गर्न आएको इङ्ग्ल्याण्ड पनि पिचमा टिक्न असफल भयो।
इंग्ल्याण्डको टोली २९.५ ओभरमा ११० रनमा अलआउट भयो। टेस्ट इतिहासमा यो तेस्रो पटक हो जब कुनै खेलको तेस्रो इनिङ पहिलो दिनमै सुरु भएको छ।







डिसी नेपाल








Facebook Comment