नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण

डिसी नेपाल
११ पुष २०८२ १६:४३
1.2k
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन्।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतीका लागि आफूले मन्त्रालय सम्हालेको बताए।

उनले भने,‘मुलुक हाम्रो हो। जति हामी खाली राख्छौं उति समस्या खडा हुनसक्छ। त्यसकारण रुटिन प्रकृयाहरुमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ।’

यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे।

त्यस्तै उनले नेपालको इमेज संसारभरी कसरी राम्रो गर्ने भन्ने विषयमा आफूले पहिलो निर्णय गरेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.