सुदूरपश्चिम प्रदेशको बैठक बस्न सकेन
सुदूरपश्चिम । जेनजी आन्दोलनमा क्षति पुगेको भवन मर्मत ढिलाइ हुँदा आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न सकेन।
यही पुस ७ गते बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो २ बजेका लागि प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक सञ्चालन गर्ने समझदारी भएको थियो।
चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । त्यसपछि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बैठक अनिश्चित बनेको थियो।
बैठक सञ्चालन हुन नसक्दा महत्वपूर्ण विधेयकहरु माथिको कारबाही अघि बढ्न सकेको छैन। जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलहरुका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताए।







डिसी नेपाल








Facebook Comment