नेपालकै कान्छा सदस्यका रूपमा राखेपमा रोजेश खड्का नियुक्त
काठमाडाैं। नेपालको खेलकुद इतिहासमा एक महत्वपूर्ण र प्रेरणादायी उपलब्धि थपिएको छ। नेपालकै कान्छा प्रतिनिधिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यमा रोजेश खड्का नियुक्त भएका छन्।
लामो समयदेखि खेलकुदसँग जोडिएर नीति, व्यवस्थापन र युवा सहभागिताका विषयमा सक्रिय रहँदै आएका उनको अनुभव र दृष्टिकोणले राष्ट्रिय खेलकुद परिषदलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
विशेषतः युवाको सहभागिता, खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद छवि सुदृढ गर्न उनको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ। नेपालकै कान्छा सदस्यका रूपमा राखेपमा प्रवेश गर्नु आफैंमा ऐतिहासिक उपलब्धि भएको भन्दै यसले अन्य युवाहरूलाई पनि नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा दिनेछ।
खड्काको यो उपलब्धि व्यक्तिगत मात्र नभई सम्पूर्ण युवा पुस्ताका लागि गौरवको विषय बनेको छ। उनको कार्यकाल सफल, परिणाममुखी र स्मरणीय रहोस् भन्ने कामनासहित देशभरबाट बधाई तथा शुभेच्छा प्राप्त भइरहेको छ।
राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउने अभियानमा उहाँको योगदान उल्लेखनीय रहने विश्वास लिएको छ।उनी भक्तपुर १ दुवाकोट निवासी हुन।







डिसी नेपाल








Facebook Comment