भारतमा एक नेपाली बेपत्ता, खोजिदिन परिवारको आग्रह

डिसी नेपाल
१२ पुष २०८२ १६:४६
56
Shares

काठमाडौं । भारतमा एक नेपाली बेपत्ता भएका छन्। भारतको महाराष्ट्र राज्यस्थित मनबाड रेल्वे स्टेसनबाट नेपाल आउने क्रममा कैलालीको जानकी गाउँपालिका निवासी २४ वर्षीय रुपक जोशी बेपत्ता भएका हुन्।

उनका दाइ दीपकराज जोशीका अनुसार रुपक पुस ४ यता सम्पर्कमा छैनन्। यात्राकै क्रममा भारतको मध्य प्रदेश राज्यको बुरहानपुरसम्म उनीसँग अन्तिम पटक सम्पर्क भएको दीपकले बताए।

त्यसपछि हालसम्म उनीसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेकाले आफूहरू चिन्तामा रहेको र खोजी दिन अपिल गरेको जोशीको भनाइ छ। उनले ९८६५८२८४१६, ९८२६७३७४३० र ८२९६४०५७३९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.