कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने

डिसी नेपाल
१२ पुष २०८२ १६:५५
848
Shares

काठमाडौं । नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ।

केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरुले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए।

पुस ८ गतेभित्र क्रियाशिल सदस्यताको बिषय टुङ्गीन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रीत रहेको उहाले बताए।

उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.