निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौं : अध्यक्ष यादव
मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्तिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्। पार्टीको १ नं प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे।
अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दल सुशासन कायम गर्ने/गराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले गत भदौ २३ गतेको भएको जेनजी प्रदर्शन युवाको आवाज भएकाले मुुलुकमा राजनीतिक स्थिरताका लागि सोहीअनुसार संविधान संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । युवाको माग सम्बोधन गर्न सबै राजनीतिक दल सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दाबी गरे।
र्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई, केन्द्रीय सदस्य सञ्जय सिंह, पन्नालाल मण्डल, कुन्ता राई र जिल्ला अध्यक्ष राजकुमार यादवले आ–आफ्नो धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment