नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

डिसी नेपाल
१२ पुष २०८२ २२:४४
28
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपालचीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।

नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध कायम भएको ७०औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरूको समापनका सन्दर्भमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा उनले सरकारीस्तरका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिइन्।

उपसभामुखले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरिन्।

कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिए।

हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकीहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रम समावेश गरिएका जानकारी दिँदै कार्यवाहक राजदूत चौले दुवै देशको साँझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य छ भने।

सो अवसरमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.