सुनको मूल्यमा नयाँ रेकर्ड कायम

डिसी नेपाल
१३ पुष २०८२ १२:१८
1.6k
Shares

काठमाडौं। कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ सयले बढेर २ लाख ७० हजार ६०० कायम भएको हो।

सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.