सरकारी इजाजत प्राप्त वित्तीय कम्पनीमा ब्याजको जाल, अढाइ लाख ऋण लिँदा २ करोड तिर्नुपर्ने !
काठमाडौं । सरकारी इजाजत प्राप्त वित्तीय कम्पनीको ब्याजको जालमा फसेका एक व्यक्तिको भोगाइले अहिले मानिसहरूलाई स्तब्ध बनाएको छ। यो घटना सिंगापुरको हो ।
एक जना व्यक्तिले सरकारी इजाजतपत्र प्राप्त वित्तीय कम्पनीबाट दुई लाख पचास हजार सिंगापुर डलर ऋण लिएका थिए । तर, उच्च ब्याजदर, बिलम्ब शुल्क र जरिवानाको कारणले गर्दा उनको ऋण लगभग २ करोड १० लाख सिंगापुर डलर पुग्यो। अवस्था यति भयावह भयो कि ऋणको दबाबका कारण उनी आफ्नो घर बेच्न बाध्य भए।
द स्ट्रेट्स टाइम्सको एक रिपोर्ट अनुसार यो ऋण २०१० र २०११ को बीचमा लिइएको थियो। कम्पनीले प्रति महिना चार प्रतिशत ब्याजदर लिएको थियो। यसबाहेक, यदि भुक्तानी समयमै गरिएन भने प्रति महिना आठ प्रतिशत अतिरिक्त बिलम्ब ब्याज लगाइयो। यसबाहेक, प्रत्येक महिना साढे दुई हजार सिंगापुर डलर बिलम्ब भुक्तानी प्रशोधन शुल्क पनि थपियो।
यी सबै शुल्कका कारण केवल चार वर्ष भित्र ऋण रकम दुई लाख पचास हजार सिंगापुर डलरबाट बढेर लगभग ३० लाख सिंगापुर डलर पुग्यो। जुलाई २०१६ सम्ममा अवस्था झनै खराब भइसकेको थियो। किस्ता तिर्न गाह्रो भयो र परिवारले आफ्नो घर गुमाउने अवस्था आयो ।
ती व्यक्तिले आफ्नो घर २१ लाख डलरमा छण दिने कम्पनीकै निर्देशकलाई बेचे। त्यसपछि उनी प्रत्येक महिना ७,००० देखि ८,५०० सिंगापुर डलर भाडा तिर्दै त्यही घरमा भाडामा बस्न सहमति जनाए।
घर बेचेपछि पनि ऋण घटेन। ब्याज र अन्य शुल्कहरू जम्मा हुँदै गयो र २०२१ को अन्त्यसम्ममा कुल ऋण लगभग एक्काइस मिलियन सिंगापुर डलर पुगेको थियो ।
भाडा नतिरेको र घर खाली गर्ने विषयमा दुवै पक्ष जिल्ला अदालत पुगेपछि यो कुरा प्रकाशमा आएको थियो। सुनुवाइको क्रममा अदालतले ऋण र भाडा सम्झौतामा कुनै गैरकानूनी कुराहरू छन् कि छैनन् भन्ने कुराको अनुसन्धान गर्न आवश्यक रहेको बताएको थियो।
न्यायाधीशले कडा टिप्पणी गरे – दुई लाख पचास हजार सिंगापुर डलर ऋण लिएपछि ब्याज र तथाकथित बिलम्ब शुल्क थपेर करोडौं पुग्ने ऋण विवेकलाई चकित पार्ने खालको छ।
ऋण दिने कम्पनीका निर्देशकले ऋणी आफ्नो दुर्दशाको लागि आफैं जिम्मेवार रहेको तर्क गर्दै पुनर्परीक्षणको विरोध गरे। यसैबीच, ऋणीले भाडा सम्झौता नक्कली भएको र ऋण सम्झौतामा धोखाधडी, छल वा कानूनको उल्लङ्घनको लागि अनुसन्धान गरिनुपर्ने दाबी गरे।
न्यायाधीशले भने – कुन परिस्थितिमा व्यक्ति साहूलाई आफ्नो घर बेच्न बाध्य भए र उनी कसरी आफ्नै घरमा भाडामा बन्ने अवस्तामा पुगे, त्यसको अनुसन्धान गर्नु महत्त्वपूर्ण छ। यो मुद्दा अब केवल एक व्यक्तिको कथा मात्र रहेन तर यसले उच्च ब्याजदर, ऋणको पासो र साहू ऋण प्रणालीको निरीक्षणको बारेमा गम्भीर प्रश्नहरू पनि उठाउँछ।







डिसी नेपाल








Facebook Comment