रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? पढ्नुहोस् बयानको पूर्णपाठ

डिसी नेपाल
१४ पुष २०८२ १५:१८
3.7k
Shares

काठमाडौं । जेन–जी आन्दोलनको समयमा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए ।

आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् । उनले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गर्न लागेका छन् ।

आयोगमा बुझाएको लिखित धारणामा भने उनले जेन–जी युवाहरुले उठाएका मागहरु जायज भएको र ती मागहरु पूरा गर्नका लागि तत्कालीन सरकारले प्रयास गरिरहेको दाबी गरेका छन् । उनले आन्दोलनमा बढी बल प्रयोग गर्ने कुनै निर्णय नभएको र योजना समेत नरहेको बताएका छन् ।

लेखकले जेन जी अगुवाहरुले आफूहरुको २३ गतेको आन्दोलन शान्तिपूर्ण रुपमा सफल भएको बताएको तर २४ गते ‘धमिलो पानीमा माछा मार्न खोज्ने’ तत्वहरुले आन्दोलन भड्काएको दाबी गरेका छन् । आन्दोलनमा बल प्रयोग भएको विषयमा लेखक जिम्मेवारीबाट पन्छिएका छन् । उनले यो अधिकार कानुनले नै सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका अधिकारीलाई दिएको भन्दै आफ्नो जिम्मेवारी नहुने जिकिर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.