सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको छ : प्रचण्ड

डिसी नेपाल
१५ पुष २०८२ १६:२३
4
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्नेहर नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए।

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए।

प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफहरले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफहरलाई महशुस भएको धारणा राखे।

ले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे। त्यस्तै उहाले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए।

ले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दि। राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.