गृहसचिव श्रेष्ठले गरे पदभार ग्रहण, सचिव दंगालको बिदाई

डिसी नेपाल
१५ पुष २०८२ १९:५१
112
Shares

काठमाडौं । गृह मन्त्रालयमा सरुवा भएर आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनु भएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कार्यप्रति धन्यवाद दिँदै बिदाई गरेका थिए।

यस्तै, गृह सचिवको नयाँ जिम्मेवारी सम्हाल्नु भएका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिए।

यसअघि, गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफुले सबै कर्मचारी साथीहरुको साथसहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताए।

आगजनी र खरानीबाट उठेको यस मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर जानुभएका गृह सचिव रामेश्वर दंगालसमक्ष आभार प्रकट गरे।

मन्त्रिपरिषदको पुष ११ गते बसेको बैठकले सचिव दंगालको लोक सेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा सचिव श्रेष्ठले अहिले बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिए। बिदाई कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.