चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

डिसी नेपाल
१५ पुष २०८२ २२:५९
1.2k
Shares

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बुधबारदेखि पुस १८ सम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए।

उनले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताए।

जिल्लामा सोमबारदेखि अत्यधिक चिसो बढेको छ। उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.