एमाले कांग्रेसका चर्चित पदाधिकारी नेताहरूले प्रतिनिधि सभाको चुनाब लड्न नपाउने

डिसी नेपाल
१६ पुष २०८२ ११:३८
4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका केही पदाधिकारी आगामी फागुन २१ गते हुने चुनाब लड्न नपाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको बताएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवहरू डा. राजन भट्टराई र शेरधन राई, राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र समेतलाई निर्वाचन आयोगले कालोसूचीमा राखेको छ ।

गत २०७९ सालको निर्वाचनमा काठमाडौं-४ मा कांग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार थिए। निर्वाचनमा भट्टराईलाई थापाले भारी मतान्तरले पराजित गरेका थिए। शरधन राई भोजपुर १ मा उम्मेदवार थिए । उनी माओवादीका सुदन किराँतीसँग हारेका थिए । मिश्र काठमाडौं १ मा उम्मेदवार थिए र कांग्रेसका प्रकाशमान सिंहसँग हारेका थिए ।

निर्वाचन आयोगले कूल १ हजार ८० जनालाई खर्च विवरण नबुझाएको भन्दै कालोसूचीमा राखेको छ । सूचीमा भएकामध्ये राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रले भने आफूले खर्च विवरण बुझाइसकेको भन्दै विवरण बुझाएको कागजात नै सार्वजनिक गरेका छन् । सो कागज निर्वाचन कार्यालयमा दर्ता भएको छाप, दर्ता नम्बर र दर्ता मिति समेत उल्लेख भएको देखिन्छ । कागजात २०७९ मंसिर २० मै दर्ता भएको देखिन्छ ।

कालोसीचीमा परेका अन्य चर्चित अहुहारहरू भने यसबारे सार्वजनिक रूपमा बोलेका छैनन् । कांग्रेस महामन्त्री थापाले भने पार्टीको महाधिवेशन र नेतृत्व परिवर्तन नभए चुनाब नै नलड्ने घोषणा गरिसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.