शान्तिबिना स्थायित्व र स्थायित्वबिना समृद्धिको परिकल्पना गर्न सकिन्न : डिपी अर्याल

डिसी नेपाल
१६ पुष २०८२ १६:५९
20
Shares

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिबारे फेरि बहस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताएका छन्

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व प्रविधि र विकासमा निकै अगाडि बढिसक्दा नेपालमा अझै शान्ति, स्थायित्व र समृद्धिको विषयमा बहस गर्नुपरेको अवस्थाप्रति प्रश्न उठाए उनले यस्तो अवस्था किन र कसरी आयो भन्ने विषयमा गम्भीर बहस आवश्यक भइसकेको बताए

उनले भने, ‘२१ औं शताब्दिको विश्व बजार कहाँ पुगिसक्यो प्रविधिमा, विकासमा, आज हामी आएर शान्तिको लागि,समृद्धिको लागि, स्थायित्वको लागि बहस गर्नुपर्ने अवस्थामा छौं यो अवस्था कसले ल्यायो? किन आयो? यसको उत्तर कसले दिने हो यसमा पनि बहस आवश्यक परिसकेको देखिन्छ

यसै कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले शान्ति, स्थायित्व र समृद्धि एकअर्कासँग गहिरो रूपमा सम्बन्धित रहेको स्पष्ट पारे उनले शान्तिबिना स्थायित्व सम्भव नहुने र स्थायित्वबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए

महतले कानुनी शासनको सुनिश्चितता र त्यसलाई सबैले स्वीकार गर्ने पद्धतिले नै शान्ति र स्थायित्व सुनिश्चित गर्ने उल्लेख गरे विधिको शासन, कानुनी शासन, जनअनुमोदित सरकार, संसद र स्वतन्त्र न्यायालय लोकतान्त्रिक व्यवस्थाका आधारभूत स्तम्भ भएको बताउँदै उनले यी मूल्य र मान्यतालाई स्वीकार नगर्दा समस्या दोहोरिरहने धारणा राखे

उनले भने, ‘शान्तिबिना स्थायित्व र स्थायित्व बिना समृद्धिको परिकल्पना गर्न सकिन्न मूलभूत कुरा के हो भने कानुनी शाषनको सुनिश्चता र त्यसलाई सबैले स्वीकार गर्ने पद्धतिले नै शान्ति सुनिश्चित गर्छ, स्थायित्व सुनिश्चित गर्छ त्यसले समृद्धिको बाटो कोर्छ भन्ने मान्यता हो विधिको शासन, कानुनी शासन, जन अनुमोदित सरकार संसद र स्वतन्त्र न्यायलय यो परिकल्पना लोकतान्त्रिक व्यवस्थामा गरिएको छ यो व्यवस्थालाई हामीले स्वीकार नगर्ने हो भने समस्या आइरहन्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.