ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
????????,?? ??? :
?????? ??????? ???????? ??????
????????? ???? ???? ???? ?? ?????????????? ?????? ???? ?????????? ?????? ???? ???? ????? ???? ??????? ??????????? ?????? ??????? : ?????? ???????/????
काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए ।
उनले नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने उल्लेख गरे। वडाध्यक्ष तिवारीले ठमेल क्षेत्रका उद्योगी तथा व्यवसायीले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरे।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले ठमेल क्षेत्रको पर्यटन उद्योगलाई बचाउन ठमेल क्षेत्रका व्यवसायीको भूमिकाको प्रशंसा गरे । उनले ठमेल भित्रिने पर्यटक बढ्नुपर्नेमा घट्दै गएकामा चिन्ता व्यक्त गरे।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमलाई ‘अपग्रेड’ गर्नुपर्ने बताए।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेललाई चलायमान बनाउन घरधनी तथा व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताए।
यसैबीच, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज दिउँसो त्रिदेवी मार्ग ठमेलमा सडक महोत्सव आयोजना गरिएको थियो।







डिसी नेपाल








Facebook Comment