गजल

निशा जोशी
१९ पुष २०८२ ७:५६
8
Shares

झर्‍याम्म फुट्छ जिन्दगी पनि सिसाको के कुरा
ढुंगाको मनमा फूलको माया मिसाको के कुरा

हाँसेर बोल दुई दिने चोला एक दिन त मरिन्छ
साटेको प्रिती चौतारीतिर विसाको के कुरा

छोडेर जाँदा सबैको साथ रुझ्लान नी परेली
बोलेन भन्दै गुनासो राख्दै रिसाको के कुरा

अजम्बरी त छैन है जीवन माटोमै मिल्ने हो
पियर बीस ढलेछ जीवन ‘निशा’को के कुरा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.