सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन

डिसी नेपाल
१७ पुष २०८२ ११:३६
868
Shares

विराटनगर। सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार, नेपाल-भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।

घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.