कांग्रेस महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि बोलाइयो कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको जनाएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित १५औं महाधिवेशन स्थगित गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment