सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
सिरहा। सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो।
दुर्घटनामा संलग्न स्कार्पियोको नम्बर बा प्रदेश–०१–०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स ६ प ८६१ रहेको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment