क्यानको वार्षिक खेल तालिका सार्वजनिक

डिसी नेपाल
१९ पुष २०८२ १६:४१
32
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

सन् २०२६ मा घरेलु स्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेटका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुने क्यानले जनाएको छ।

त्यस्तै युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गर्ने जनाएको छ।

अन्तर्राष्ट्रिय आईसीसी टी२० विश्वकप, यू१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता, तथा एसिया कपमा प्रतिस्पर्धा हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

उनले घरेलु क्रिकेट खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि बिभिन्न प्रतियोगिता आयोजना गरिएको बताए। खड्काले टेस्ट मान्यता राष्ट्रसंग खेल्नका लागि क्यानले प्रस्ताव अघि बढाएको जानकारी दिए।

क्यानले क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने जनाएको छ। अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करण आयोजना हुने क्यानको क्यालेन्डरमा समावेश गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.