एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला
दमौली । तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी छन्। एक हप्तादेखि सम्पर्कविहीन पौडेल आज मस्र्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छभने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment