कस्तो रहला आइतबार देशभरको मौसम?

डिसी नेपाल
२० पुष २०८२ ७:३२
180
Shares

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा हुस्सु रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.