खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

डिसी नेपाल
२० पुष २०८२ ९:४३
48
Shares

रामेछाप । विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।

गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।
वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि र विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
यस्ता प्रशिक्षणले स्थानीय खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण विधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ । प्रशिक्षणमा दैनिक सैद्धान्तिक कक्षा व्यवहारिक अभ्यास समेत गराइएको छ ।

उक्त प्रशिक्षणमा सात जना खेलकुद शिक्षकसहित १५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरका अनुभवी प्रशिक्षक धनिराम चौधारीले सञ्चालन गरिरहेका छन् ।

यस्ता प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउँदै प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.