दुश्मनको नजरबाट लुकाइ राखौंला

बिबश डिसी
२२ पुष २०८२ ११:३५
220
Shares

२०५६ सालको असोज-कात्तिक महिना हुनुपर्छ, जनयुद्धको तिब्रतासँगै राज्यपक्षले एकपछि अर्को दमन, धरपकड र यातनाका नयाँ नयाँ हथकण्डा अपनाएर दूरदराजका ग्रामिण बस्तीलाई आतंकित बनाइरहेको थियो।

तत्कालीन नेकपा माओबादी पार्टीले पूर्वी ब्युरोमा जनसेनाको सैन्यकला र क्षमतालाई सुदृढ गर्ने उद्देश्यले तत्काल जनसेनाको ‘सैन्य शिबिर’ सञ्चाल गर्ने निर्णय गरे अनुरुप दोलखा जिल्लाको स्यामा गाबिसको पाथिभराको काख सुरक्षित स्थान पाथिभरा जंगलमा सैन्य सिबिर सञ्चालनगर्ने निर्णय भयो। सोही अनुरुप हामी सबैको कार्य बिभाजन भयो।

तत्कालीन हाम्रो ४ नम्बर जिल्ला संगठन समिति (दोलखा र रामेछाप जिल्लाको तामाकोशी पारि हुँदै, सोलुखुम्बु र ओखलढुंगा जिल्ला ) आयोजक जिल्ला थियो। जिल्ला कार्यलयको ब्याबस्थापन, ब्यूरो कार्यलय र जिल्ला अनि जिल्ला र अन्य इलाकाबीच को-अर्डिनेसन, सूचना सञ्चार, लजेष्ट्रिक तथा युद्ध सामग्री सप्लाइ तथा ब्याबस्थापन र समग्र टिमको सुरक्षा, प्राबिधिक पाटोलगायत बाहिरी आर्क सुरक्षास हितको सम्पूर्ण जिम्मेवारी म आफैंले पूरा गर्नुपर्दथ्यो।

त्यसैले ब्यबस्थित रुपमा सबै काम युद्धस्तरमै भ्याउनु पर्ने बाध्यता थियो। बाहिरी आर्कको सुरक्षा ब्याबस्था र तालिममा रहेको टोलीलाई आबश्यक रासन पानीको ब्याबस्था मिलाएर महत्वपूर्ण कामको निम्ति म काठमाडौं जानुपर्ने भयो।

नेपालीको माहान चाड बडा दशैंले झपक्कै छोपिसकेको थियो। जिरी-काठमाडौंको एक्स्प्रेस बसमार्फत काठ्माडौं पुगेर हतार–हतारमा आबश्यक सामान जाम्मा गरेर ब्यूरो कार्यलयको सम्पर्क कुरेर बसें। फुलपातीको अघिल्लो दिनदेखि नै पसल र अन्य निकाय बन्द हुने भएकोले काडमाडौंका सडक प्रायः सुनसान भइसकेका थिए।

त्यसैलेपनि मलाइ अझ बढी चटारो थियो। फूलपातीको दिन बेलुका तत्कालीन पूर्वीव्यूरो इन्चार्ज यानप्रसाद गौतम ‘आलोक’ द्वारा जिल्ला कार्यलयलाइ निर्देशनात्मक रुपमा लेखिएको छिट्ठी र केन्द्रीय कार्यलयको सर्कुलर कमरेड दिपकृष्ण सापकोटाद्वारा हात परिसकेपछि म हतार हतार पुरानो बसपार्क पुगेर जिरीको बसको टिकट लिएँ।

दशैंको अष्टमीको दिन बिहानै प्रमिला दिदीको कोठा भोटाहिटी चोकबाट ट्याक्सीमा सामान कोचियो। त्यतिनै बेला माहानगरीय प्रहरी परिसर रानीपोखरीमा कार्यरत नानिकाजी दाइ असइ साप पनि डिउटी जान युनिफर्ममै त्यतैबाट आउनु भयो। युद्ध सामग्रीले भरिएको ब्याग बोकेर म दाइको बाइकको पछाडि बसें।

युद्धको बेला बिद्रोही समूहको मान्छे युद्ध सामग्रीले भरिएको ब्याग बोकेर बर्दिवाला प्रहरीको बाइकको पछाडि बस्न पाउँदा म गजक्कै भएको थिएँ। कपडा, ब्याग, जुत्ता, तार, डिटोनेटरलगायत सबै सामानहरु मिलाउँदा सात बोरा सामान, ब्यूरो कार्यलयको चिट्ठी, सर्कुलरलागय सामान थिए।

खलासी भाइलाई खाजाखर्च स्वरुप केही रकमसहित बल्लतल्ल सामान लोड गरिसकेपछि केही समयको लागि एउटा तनाब हल गरियो। तर जगती चेकपोष्ट देखिनै प्रहरी चेकिङका श्रृंखला छिचोलेर, थुप्रै ठाँउमा पराइ आँखा छल्दै कार्यसम्पादन गर्नु आफैंमा भयंकर चुनौती थियो।

जगाती, पाँचखाल, दोलालघाट, अँधेरी, खाडीचौरहुँदै प्रहरीका अनगिन्ती चेक-जाँचहरुलाई पारगर्दै डाँडापाखरस्थित सशस्त्र प्रहरीको तालिमकेन्द्रको ब्यारिकेटमा पुगेर बस घचक्क रोकियो। सशस्त्र प्रहरीको कठिन तालिममा पेलिएका अल्लारे केटाको एउटा समूह बसभित्र प्रबेश गरेर कडा खानतलासी सुरु गर्‍याे।

तलतिर युद्ध सामग्री, त्यसमाथि कपडा अनि त्यसमाथि आफ्ना कैयन दिन लगाएर नधोइ राखिएका भित्री कपडाले टमक्क भरिएको ब्यागलाई आफैंले खोलेर खिस्स हाँस्दै, केही छैन सर कपडा हुन भन्दै माथि माथिको भाग देखाइ दिएँ। तर एकजनाले आफैंले पनि ब्यागमा हात घुसार्‍याे।

तत्काल मेरो मुट्टुभित्रैसम्म पुग्नेगरी चिसो भयो। क्षणभरमै शरीरको केमिकल परिबर्तन भयो। मैले सहज बन्ने प्रयत्न गरिरहेँ। खास सामानहरु विशेष ढंगले प्याक गरेर राखिएको थियो। त्यसैलेपनि सहजरुपमा भेट्टाउन संभव त थिएन। तर प्रहरीले ब्यागभित्र हातै हालेर हुडल्न थालेपछि मेरोपनि मन र मनोबिज्ञान कस्तो भयो होला?

जसो तसो गाडी गुडेसँगै आजको मेरो एउटा काल पनि टर्‍याे। मैलेपनि बल्ल लामोसास फेर्न सकें। जसोतसो गाडी उकालो चढ्दै थियो, कालिका-ठोकर्पातिर जाने मोडको गोलाइबाट मुस्किलले मोडिने क्रममै ठूलो आबाजसहित बस घचक्कै रोकियो। खलासी भाइले जाँच पडताल गरेर सबैलाई बसबाट ओर्लिन भने। सबैजना बसबाट झर्‍याैं। ओभर लोडको कारण गाडीको सपोर्ट बाँस चिरिएझै चिरा पर्दै ठूलो आबाजसहित पड्किएर भाँचिएको रहेछ।

कुनै–कुनै बेला त जिरीको साहुजी तुलबहादुर दाइको छोरा बिबेक खत्रीले सामान ढुवानी गर्न मालबाहाक ट्रक लिएर वीरगञ्ज जानेक्रममा आफैं भ्याली तिर जानुहुन्थ्यो। अलिक बढी सामान सप्लाइ गर्नुपर्दा उहाँकै भरपर्ने गरेको थिएँ। काठमाडौंबाट मेरो सामान लिएर वीरगञ्ज पुगेर चामल लोड गरेर आउने गर्नुहुन्थ्यो।

यसरी थुप्रैपटक सहयोग गरिसक्नु भएको थियो। उहाँ र उहाँको परिवारप्रति म ऋणि छु। दर्जनौं पटक बिबेक र बिबेक जस्तै बिबेक भएका हाम्रा अन्य आफन्तहरुले आफ्नो खोकिलामा हालेर जनयुद्धलाई जोगाउँदै,हुर्काउनु भएको कुरा गणतन्त्रले कहिल्यै बिर्सिनु हुँदैन।

त्यो भयानक संकटको बेला मैले बिबेक सरलाई सम्झिँए। दशैंको अष्टमिको दिन बिहानको करिब ११ बजिसकेको छ। प्रायः स बै हिन्दु नेपालीको घरघरमा बिहानैदेखि खसी काटिन्छ। मासुभात पाक्छ। तर मेरो पेटभित्र आन्द्राले चाकाचुली खेल्न सुरु गरिसकेका थिए। केटाकेटी उमेर न हो, बिगत सम्झँदै मन अमिलो बनाउनु बाहेक अरु के नै पो हुन्थ्यो र? आफूलाई यतिबेला यति ठूलो संकट आइलागेको थियो।

ड्राइभर र खलासीले गाडी बिग्रिएको रिपोर्ट आफ्नो निकायमा पुर्याए। तर जगेर्ना रहेका सबै गाडिहरु रिजर्भमा गएको कारण तत्काल अन्य उपाय खोज्ने जानकारी आयो। त्यो बेला प्रायः सबै साधनहरु यात्रुले भरिएका हुन्थे।

अन्य थुप्रै बिकल्प खोजी गरेँ तर पारा लागेन। करिब डेढ-दुई घण्टा पछि १२-१३ जाना बिदेशी पर्याटकमात्र बोकेर पर्यटक लाइनको बस आइपुग्यो। गुरुजीले पनि अन्यले जस्तै चुक-चुक गर्दै साहानुभूती राखे। हामीलाई पनि जिरीसम्म पुर्याइदिन गुरुजीले त्यो बसको गुरुजीलाई आग्रह गर्नुभयो।

गाडीमा रहेका पथप्रदर्शकसँगपनि सहयोगको अपिल गरियो। त्यही मध्य मसँगै काभ्रे कानपुरको बिजय लामापनि हुनुहुँदोरहेछ। हामीबीच केही बेर कुरा भयो। आपसमा सहमति भएपछि सबैजना आ-आफ्ना सामान बोकेर करिब ७० मिटर माथि रोकिएको बसतर्फ दौडिए। सामान धेरै भएकोले मलाइ त्यति सहज थिएन।

सबैजाना चढिसकेछि बसले हर्न बजाउन हाल्यो। मैले बल्ल २ वटा बोरामात्र लगेको छु। ५ वटा बोराहरु त अझै बाँकी नै छन्। खँलासी भाइको हातमा फेरि केहि खाजाखर्च थमाउँदै सहयोगको अपिल गरेँ। भाइले पनि खुसीहुदै बाँकी बोराहरु लान सहयोग गर्‍याे।

उता ड्राइभर दाइले यति धेरै सामन के सामान हो? छाडेर आइज भन्दै भाइलाई समेत गाली गर्न लागे। बल्ल तल्ल सामान ओसारी सकियो। केही क्षणको निम्तिमात्र भएपनि अलिक सन्चो भयो!

बस मुडे बजार पुग्यो। मुडेबजार र खानाखाने ठाउँमा पनि म प्रायः एक्सपोज भइसकेको थिएँ। हप्ताको २ देखि ५ पटकसम्म त्यहीँ खाना खानुपर्दा अनि त्यतै देखिइरहँदा साहुजीहरु र प्रायको नजरमा मेरो अनुहार नोटेड हुनु कुनै नौलो कुरा थिएन। त्यसैले सुटुक्क अलि पर तल एक होटलमा गएर सादाखाना खाएँ। किनकी मासु भातखाने पैसा त अघिनै खलासी भाइलाइ दिइसकेको थिएँ। अब त भरे एक प्लेट थोक्पाखान पुग्ने मात्र बजेट बाँकी थियो।

खरीढुंगा चेकपोस्टमा कडा चेकजाँचमा परियो। प्रहरीले कपडालगायत सामानको भ्याटबिल माग्यो। धन्न यतिधेरै सामान लगेपछि भ्याटबिल पनि लैजाउँ नत्र बाटोमा फसिन्छ नि भन्दै भुप बिष्ट दाइले भ्याटबिल बनाइ दिनुभएको थियो।

तर झुर्लुम-झुर्लुम बज्ने जिआइ निप्पलको भ्याटबिल नै छैन। रामेछापको बाम्ती भण्डारमा पसल हो। पसलमा सबै प्रकारका सामान राखिन्छ। उपभोक्ताले अर्डर गरेर ल्याएको हो सर! कतिपय सामानको बिल उतै कोठामै छुटेछ पछि ल्याउछु नि भनेर अनुनय बिनय गर्दै उम्किने कोसिस गरियो।

प्रहरीसँगको गलफतीको कारण गुरुजी र अन्य यात्रुहरुले पनि दिक्क मानिसकेका थिए। खुसुक्क प्रहरीलाइ दुई–चारसय दिएर उम्किने बाताबरण पनि थिएन। मसँग अब दाम पनि त थिएन! सामान छाडेर भाग्ने अबस्था त झनै थिएन।

पहिले सामान डिकीमा हुँदा केही आनन्द थियो। तर अब बसको भित्रै भएकोले पराइ आँखा छल्न कति गार्हो पर्छ। जसो तसो चरिकोट, किराँतीछाप, मैनापोखरी र जिरी हाटडाँडाको चेकपोष्टरुमा पनि उही पाराको लफाडा झेल्दै, गलफती गर्दै साँझ अबेला जिरी लिंकन बजारमा सामान झारेर तुला दाइको गोदाममा सामान खाँदखुद पारियो।

अनि नाम्लो मागेर एउटा बोरा र रुक्स्याक ब्याग बोकेर बागखोरको उकालोमा एक कचौरा तातो थुक्पा सिनित्तै पार्दै अधेरी रातमा छामछाम–छुमछुम गर्दै रातिअबेर तिर मालीको एलुङखोला पुगेर लामोसास फेरियो।

बिहान उज्यालो नहुदै फेरि अर्को अत्यावश्यक सूचनासहित चिट्ठी आयो। जस अनुसार म गर्जाङ ढुंगाा,चुचुरे हँुदै शिबालयमा केही महत्वपुर्ण काम सम्पादन गरेर भोलि बिहान पुनःकाठमाडौंको लागि हिँड्नुपर्ने भयो।

नवमीको दिन केही समय आराम गरेर स्यामाको ढुङ्गे भन्ज्याङ हुँदै गर्जाङ पुगें। भोलिपल्ट गर्जाङमा हामीलाई असाध्यै मायागर्ने कार्की बुबा घरबाट केहीपर घाँस काटिरहनुभएको रहेछ। एक आपसमा परिस्थितिको बारेमा सामान्य सोधपुछ भयो। दशैंको टीकाको दिन हो।

तपाईं सहर बजार हुँदै बाहिर हिँडिरहने मान्छेलाई यसरी खाली निधार हिँड्दा झन् शंका हुनसक्छ। घरमा टीका लगाएर मामाघर हिँडेको भन्दा अझ सहज हुनुको साथै निगरानी कम हुन्छ भन्दै बुबाले घर लगेर खाना खुवाएर चुस्स टीका लगाइ दिनुभयो। बुबाआमासँग बिदा भएर म चुइगम चपाउँदै मामाघर तिर शिवालय हुँदै जिरीतिर लागें। भोलिपल्ट जिरीबाट सचेततापूर्वक काठमाडौं पुगें।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.