सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ।
सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment