मन्त्री खरेलद्वारा ज्येष्ठ नागरिक आनन्द निकेतनको अवलोकन
पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको आज अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकहरुसँग अन्तक्र्रिया गरेका छन्।
ज्यापू समाज यलका पदाधिकारीको निमन्त्रणामा बागडोल पुगेका मन्त्री खरेलले ज्येष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको काम प्रशंसनीय भएको बताए।
‘ज्येष्ठ नागरिकको व्यवस्थापन सरकारले गर्नुपर्छ, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ‘, उनले भने।
समयक्रमसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले सबैको खुसीका लागि सरकारले सक्दो काम गर्ने बताए।
‘हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउनका लागिपरेका र्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न ‘सम्पदा यात्रा’ कार्यक्रम नेपाल टेलिभिजनमार्फत सञ्चालन गर्ने तयारी छ‘, मन्त्री खरेलले भने। ज्येष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवं सञ्चालनका लागि न्यूनतम दश वर्षको योजना बनाएर काम गर्न उनले आग्रह गरे।
ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ज्येष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा थप ज्येष्ठ नागरिकको सेवा गर्ने योजना रहेको बताए।







डिसी नेपाल








Facebook Comment