टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवर्ट लले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिताको निम्ति १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन्।
मंगलबारै नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नामावली समेत सार्वजनिक गरेको छ।
प्रतियोगिता भारत र श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ। समूहमा नेपालसँगै विश्वकप विजेता इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन्
नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम







डिसी नेपाल








Facebook Comment