लागूऔषधसहित एक युवक पक्राउ

डिसी नेपाल
२२ पुष २०८२ २२:०५
448
Shares

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित आज एक युवक पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका रानालाई चेकजाँच गरेको थियो।

बरामद सामग्री चेकजाँचका क्रममा रानाले साथमा लुकाइछिपाई राखेको सेतो प्लास्टिकभित्र लागुऔषध खैरो हिरोइन २१ ग्राम १३० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको उनले बताए। पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर लागूऔषध ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.