लिभर ट्रान्सप्लान्ट गरेका करिब ९२ प्रतिशत बिरामी बाँचेका छन् : डा. एकानन्द सिंह
नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत हुने गरेको चिकित्सकहरुको भनाइ छ । कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले कलेजोका समस्याहरुबारेमा धारणा राखेका छन् । शरीरको लिभर, कलेजोको नर्मल टिस्यु, नर्मल सेल्सहरु बिस्तारै स्कारिङ्ग हुँदै जाने एउटा अवस्था भएको र हेल्दी लिभर हार्ड हुँदै बिस्तारै क्रोनिक कन्डिसन पुग्दा समस्या आउने र सिरोसिस समेत हुने उनको भनाइ छ ।
‘हेल्दी टिस्यु रिप्लेस भएर स्कार टिस्युले रिप्लेस भएपछि फाइब्रोसिस हुन्छ र फाइब्रोसिस पनि बिग्रिँदै गएपछि सिरोसिस हुन्छ । यसको कन्डिसन भनेको हेल्दी लिभरले गर्नुपर्ने काममा बिस्तारै कम्प्रोमाइज हुन थाल्नु हो । लिभरको धेरै नै फङ्सन हुने भएकाले त्यो बिस्तारै घट्दै जान्छ । कुनै अवस्थामा एक्कासी लिभरले काम नगर्नुलाई एक्यूट लिभर फेलियर पनि भनिन्छ । लिभर डिजिज बिस्तारै गराउने लिभर सिरोसिसले हो,’ उनले भने ।
लिभर सिरोसिस हुनुको प्रमुख कारण नेपालको सन्दर्भमा सबैभन्दा बढी रक्सी सेवन गर्ने बिरामीहरुमा लिभर सिरोसिस देखिएको पाइएको उनले सुनाए । ‘अन्य हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ इन्फेक्सन, अटोइम्युन डिजिजले पनि समस्या ल्याउन सक्छ । शरीरमा अटोइम्युन डिजिजले गर्दा लिभर सिरोसिस भएको बिरामीहरु र पित्तनली बिरामीहरु पनि कहिलेकाहीँ लिभर सिरोसिसमा जाने गरेको पाएको छौँ,’ उनले भने । शरीरमा सुगर, हाइपरटेन्सन, थाइराइड वा अन्य रोगहरु छ भने लिभर सिरोसिस हुने गरेको उनले सुनाए ।
लक्षणहरु कस्ता ?
लिभर सिरोसिसको लक्षण सुरुमा थाहा हुँदैन । सुरुमा केही पनि लक्षणहरु हुँदैन । तर, लेट स्टेज भइसकेपछि कमजोरी महसुस हुने, पेटमा पानी जम्ने, सुनिने, जन्डीस हुने जस्ता जोखिम देखिन्छन् । सिरोसिस भइसकेपछि ट्रीटमेन्ट गर्न नसकिने र सिरोसिसलाई पहिलाको अवस्थामा ल्याउन सकिँदैन । सिरोसिसमा धेरैजसो मान्छेलाई लिभर क्यान्सर देखिने गरेकाले अर्ली स्टेजमा सिरोसिस थाहा नहुने तर लेट स्टेजमा आइसककेपछि बल्ल थाहा हुने गरेको छ ।
विकल्प ट्रान्सप्लान्ट मात्रै हो
सिरोसिसलाई उपचार गर्न सम्भव छैन । त्यसकारण शरीरमा सिरोसिस भएको लिभरलाई हटाउन र नयाँ लिभर राखेर ज्यान जोगाउन सकिन्छ । तर सिरोसिस कुन स्टेजको छ भन्ने कुरा प्रमुख हुन्छ । कुनै विरामी अर्ली स्टेजमा छ भने के कारणले भएको हो त्यो कारणलाई रोक्न सक्ने उपायको अध्ययन गर्नुपर्छ । मध्यम खालको स्टेजमा छ भने ज्यान जोगाउन सकिन्छ । अझ जोखिम बढिसकेको छ भने लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ । औषधि प्रयोग गरेर पनि केही सुधार गर्न सकिन्छ । लेट स्टेजमा छ भने अर्को विकल्प छैन । ज्यान जोगाउने हो भने लिभर ट्रान्सप्लान्ट नै गर्नुपर्छ । त्यसैले स्टेज पहिले पत्ता लगाउन सक्नुपर्छ ।
लिभर सिरोसिसमा सबैभन्दा बढी देखिएको लिभर क्यान्सर हो । क्यान्सर नै भइसकेपछि त लिभर ट्रान्सप्लान्टमै जानु उपयुक्त हुन्छ । वा एक दुईवटा अरु पनि विकल्पहरू छन् । त्यो पनि स्टेज हेरेर वा अवस्था पत्ता लगाएर कुन उपाय उपयुक्त हुन्छ त्यो सल्लाह बिरामीहरूलाई दिनुपर्छ ।
लिभर सिरोसिस कसरी पत्ता लाग्छ
लिभर सिरोसिस सुरुमै पत्ता लगाउनलाई रेगुलर चेकअप गर्नुपर्छ । साधारण टेस्टमै थाहा हुन्छ लिभरको समस्या । साधारण टेस्ट अर्थात ब्लड टेस्टबाट धेरै कुरा थाहा हुन्छ । लिभर फङ्क्सन कसरी गरिरहेको छ भन्ने कुरा ब्लडबाट थाहा हुन्छ । लिभरको स्ट्रक्चर कस्तो छ भनेर थाहा पाउन अल्ट्रासाउन्ड पनि गर्नुपर्छ । हेल्दी लिभरसफ्ट हुन्छ तर सिरोसिस भयो भने हार्ड हुन जान्छ । अर्थात कडा हुँदै जान्छ । लिभरको कन्डिसन, स्ट्रक्चर कस्तो छ, त्यसमा फ्याटी लिभर छ कि छैन वा फाइब्रोसिसमा छ वा सिरोसिस नै भइसक्यो कि त्यो अल्ट्रासाउन्डबाट नै थाहा हुन्छ । बोर्डर लाइनको लिभर छ भने सिरोसिस पत्ता लगाउनलाई अल्ट्रासाउन्डबाट कठिन हुने हुँदा फाइबरोस्क्यान टेस्ट गर्नुपर्छ । त्यस्तैगरी एमआरआई पनि गर्न सकिन्छ ।
नेपालमा बिरामीहरूको अवस्था
नेपालमा सिरोसिसको बिरामीहरू यति नै भनेर अहिलेको डाटा छैन । तर समग्रमा पाँच प्रतिशत बिरामी लिभरको सिरोसिस भएको पाइन्छ । लिभर सिरोसिसको अन्तिम उपचार कलेजो प्रत्यारोपण हो । तर त्योभन्दा पहिला घरमै बसेर उपचार गर्न सकिन्छ । तर जोखिम कर्म गर्नका लागि हेल्दी लाइफ स्टाइल र डाइट मोडिफिकेसन हो । साथै कारण पत्ता लगाएर त्यसलाई रोक्न पनि सकिन्छ ।
कुनै पनि डाक्टरले बिरामी वा जनमानसलाई रक्सी खानु भनेर कहिले भन्दैन् । किनभने रक्सीले धेरै कुरालाई असर गर्छ । हाम्रो अध्ययनले नियमित रक्सी खानेलाई मात्र भएको र कहिलेकाही खानेलाई लिभर सिरोसिस भएको पाइँदैन् ।
लिभर ट्रान्सप्लान्ट
लिभर ट्रान्सप्लान्ट धेरै कम्पलेक्स सर्जरी हो । नेपालमा गर्ने प्रायजसो लिभिङ डोनर लिभर ट्रान्सप्लान्ट हो । त्यसका लागि एकजना डोनर चाहिन्छ । आफ्नै नातेदार हुनुपर्छ । उहाँको लिभर हेल्दी हुनुपर्छ । अहिलेका लागि मुख्य समस्या भनेको डोनर नपाउनु हो । त्यसैले धेरैजसो लिभर ट्रान्सप्लान्टमा नजाने गरेको पाइन्छ । त्यसपछि आर्थिक अवस्थाको कुराहरू आउँछ, पैसा पनि धेरै खर्च हुने सर्जरी हो । लिभर ट्रान्सप्लान्ट सक्सेस हुनलाई कम्तिमा ३५–४० लाख जति खर्च भएको हुन्छ ।
त्यो भनेको अहिलेको अहिले होइन, एक महिना जतिको बसाई, औषधि उपचारको खर्च, त्यसमा लाग्ने सामानहरू हुन्छ । त्यो पनि बाहिरबाट आएको सामानहरू हुन्छ, आइसियु खर्चहरू सबै जोड्दाखेरि ३५–४० लाख खर्च हुन्छ । त्यो भनेको एउटा साधारण नेपालीको लागि त धेरै एक्सपेन्सिभ नै हो । अब राष्ट्रबाट पनि लिभर ट्रान्सप्लान्टको लागि वा बिरामीलाई कुनै सुविधा दिएको छैन । त्यही भएर लिभर ट्रान्सप्लान्टमा जान नसक्ने कारण पहिला डोनर नै हो । त्यसपछि आर्थिक अवस्था हो ।
लिभर ट्रान्सप्लान्ट नेपालमा नौ वर्ष पहिला मात्र सुरु भएकाले ज्यान पनि जोगाउन सकिन्छ भन्ने आम मानिसलाई थाहा भइसकेको छैन् । दुई–चार वटा अस्पतालबाहेक अरू अस्पतालमा थाहा पनि छैन । लिभर ट्रान्सप्लान्ट कुन अवस्थामा गरिन्छ, कहिले गर्नुपर्छ भन्ने कुराहरू थाहा छैन । किनभने यो संसारमै भर्खरै मात्र प्रयोगमा आएको हो ।
धेरै जानकारी नहुँदा सिरोसिस भइसकेपछि ज्यान जान्छ भन्ने बुझाई छ । नेपालको सन्दर्भमा हाल किस्ट मेडिकल कलेजमा सेवा छ । त्यहाँको विगत साढे दुई वर्षको डाटा हेर्दा ९२ प्रतिशत सफल भएको छ । यसलाई मेडिकल साइन्समा सक्सेसफुल ट्रिटमेन्ट भन्न मिल्छ ।
नेपालमा दुई–तीन वटा अस्पतालमा मात्र रेगुलर ट्रिटमेन्ट हुन्छ । त्यसैले धेरैलाई कहाँ कसरी हुन्छ भन्ने थाहा पनि छैन । त्यसैले जनचेतनाको खाँचो छ । म कलेजो प्रत्यारोपण सर्जनको नाताले महसुस गरेको के छ भने बिरामी नै धेरै सिकिस्त भएर आउने गरेका छन् । सिधै आइसियुमा जानेगरी आएका हुन्छन् । सिकिस्त बिरामीलाई कलेजो प्रत्यारोपण गर्दाखेरि आउटकम त्यति राम्रो हुँदैन । हिँडेर आएको बिरामीको कलेजो प्रत्यारोपण गर्दा आउटकम राम्रो हुन्छ । त्यसैले अस्पताल जाँदा बिरामी पहिल्यै आयो भने रिजल्ट अझै राम्रो आउँछ । जनचेतनाका कमीका कारण कतिपय विरामी बचाउन सकिदैन् ।
विगत दुई वर्षको डाटा हेर्दा एकसय बढी बिरामीमा १४ जना बिरामीको लिभर ट्रान्सप्लान्ट गर्न सफल भएका छौं । कसैको पैसा नभएर, कसैको डोनर नभएर, कसैको धेरै नै लेट स्टेजमा आएकाले असफल भएका छन् । त्यसैले चाँडो अस्पताल आउने, डोनर र आर्थिक अवस्था जुटाउने हो भने समस्याको हल हुन्छ । तर डोनरका सवालमा नेपालमा जुन नियम छ त्यसले पनि लिभर डोनेट गर्न समस्या भइरहेको छ ।
डोनरलाई असर
हामीले आफ्नो हिसाबबाट काम गरिरहेका छौं । देशको पोलिस लेभलबाट अवेयरनेस कसरी भइरहेको छ त्यो पनि हेर्नुपर्छ । जस्तो कलेजो दान दिने व्यक्तिलाई केही असर हुँदैन । अप्रेसन गरेको दाग बाहेक अरु असर हुँदैन । नर्मल लाइफ हुन्छ । कोही महिला २० वर्षको हुनुहुन्छ भने लिभर दिएपछि उहाँको नर्मल लाइफस्टाइल हुन्छ । पछि बिहे भयो भने नर्मल लाइफ हुन्छ । बच्चाहरु नर्मल पनि हुन्छन् । लिभर दिइसकेपछि चार देखि छ हप्तामा उहाँको लिभर पुरै बढेर जुन पुरानो साइज छ, त्यही साइजमै आउँछन् । त्यसैले, दिनेलाई खासै केही पनि हुँदैन, एउटा अप्रेसन गर्नुपर्ने हुन्छ, स्कार रहन्छ । हामीले डोनरसँग फलोअपमा बुझ्दा सबै चार हप्तामा आफ्नो काममा जान सक्ने सामान्य भएका छन् ।
मृत्युको जोखिम
हुनत कुनै पनि अप्रेसन गर्दा रिस्क धेरै नै हुन्छ । लिभर ट्रान्सप्लान्ट गर्दा ९२ प्रतिशत बिरामी बाँच्नुभयो तर आठ प्रतिशतको मृत्यु भएको छ । यसको सबैभन्दा प्रमुख कारण इन्फेक्सन हो । किनभने, लिभर ट्रान्सप्लान्ट गर्दा अर्काको लिभर गएको हुन्छ । त्यसैले रिजेक्सन नगरोस् भनेर इम्युनो सप्रेसेन्ट्सहरु दिइएको हुन्छ । त्यसले गर्दा आफ्नो शरीरले लड्न सक्ने क्षमता घटाएको हुन्छ । क्षमता घटेको बेलामा कुनै इन्फेक्सन आयो भने त्यो इन्फेक्सनसँग लड्ने क्षमता पनि घटाएको हुन्छ । त्यस्तोबेला ज्यान जानसक्छ ।
अर्को कुरा भनेको कसैलाई अर्काको लिभर आएको हुन्छ, कतिपय अवस्थामा त्यसले काम नै गर्दैन् । त्यस्तोबेला कसैले भन्न सक्दैन । त्यसबेला यसै भन्न सकिदैन् । एकसष् जनालाई यस्तो गरियो भने एक जनामा त्यस्तो देखिएको छ । त्यसैगरी नशाहरु जोडेको ठाउँमा ब्लक भइदिने हुन्छ । त्यसको उपचार छ, रि–अप्रेसन वा इन्टरभेन्सन रेडियोलोजीस्टले नशाबाट सानो तार जस्तो छिराएर उपचार गरिन्छ । तर लिभर नै ड्यामेज भइसकेको छ भने त काम लाग्दैन् । कतिपयलाई इन्फेक्सन भएकाले ज्यान जान्छ भन्ने छैन । समयमै एन्टिबायोटिकहरु राम्रो दिएर जोगाउन सकिन्छ । करिब ४० प्रतिशत बिरामीलाई इन्फेक्सन हुन्छ । तर इन्फेक्सनले गर्दा मृत्यु भएको बिरामी करिब दुई प्रतिशत मात्र होला ।
लिभर सिरोसिसमा लिभर क्यान्सर हुन सक्ने सम्भावना धेरै नै हुन्छ । त्यसैले टाइम टाइममा फलोअप गर्ने, लिभर डाक्टरलाई देखाउने र त्यसपछि उहाँको सल्लाह अनुसार खानपान र औषधिमा ध्यान दिनुपर्छ । त्यसैले आफ्नो डोनर कोही छ कि आफ्नो नातामा भने, त्यो कुरा पनि विचार गर्नुपर्ने हुन्छ । डोनरलाई केही असर नहुने हिसाबले मात्रै लिभर ट्रान्सप्लान्टको सर्जरी अगाडि बढाउँछौँ । त्यसैले डोनर सर्जरी सेफ सर्जरी हो । यसमा डराउनुपर्ने केही छैन । त्यही भएर डोनेसन गर्दा हुन्छ धेरैको ज्यान त्यसरी जोगिन सक्छ ।







डिसी नेपाल








Facebook Comment