युरोपमा पनि आक्रमण गर्ने अमेरिकाको तयारी

डिसी नेपाल
२३ पुष २०८२ ११:४८
1.1k
Shares

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपतिलाई नियन्त्रण गरेको अमेरिकाले अब युरोपमा पनि आक्रमण गर्ने तयारी गरिरहेको छ । अमेरिकाले युरोपको स्वसाशित टापु ग्रिनल्याण्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने तयारी गरेको हो ।

ह्वाइट हाउसका अनुसार अमेरिकाले ग्रिनल्याण्ड प्राप्त गर्ने विकल्पहरूमाथि विचार गरिरहेको छ । यी विकल्पहरूमा सैन्य बल प्रयोग पनि समावेश छ। ग्रिनल्याण्ड डेनमार्क नियन्त्रित स्वशासित टापु हो ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य बल प्रयोग सहित ‘धेरै विकल्पहरू’ मा छलफल गरिरहेको बताएको छ ।

एक विज्ञप्तिमा, ह्वाइट हाउसले बीबीसीलाई भन्यो – ग्रीनल्याण्ड प्राप्त गर्नु “राष्ट्रिय सुरक्षा प्राथमिकता” हो।

यो बयान यस्तो समयमा आएको हो जब ट्रम्पले तीन दिन अघि मात्र सुरक्षा कारणले अमेरिकालाई ग्रीनल्याण्ड ‘आवश्यक’ भएको दोहोर्‍याएका थिए।

यस कथनप्रति प्रतिक्रिया जनाउँदै डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाको कुनै पनि आक्रमणको अर्थ नेटोको अन्त्य हुने चेतावनी दिएकी छिन्।

“राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन्। र, अवश्य पनि अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको लागि एक विकल्प हो,” ह्वाइट हाउसले मंगलबार भन्यो।

मंगलबार, छ युरोपेली सहयोगीहरूले डेनमार्कको समर्थनमा एक विज्ञप्ति जारी गरे।

बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्तिमा भने “ग्रीनल्याण्ड त्यहाँका जनताको हो र डेनमार्क र ग्रिनल्याणडले मात्र आफ्नो पारस्परिक सम्बन्ध सम्बन्धी मामिलामा निर्णय लिन सक्छन् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.