सुनचाँदीको मूल्य घट्यो

डिसी नेपाल
२४ पुष २०८२ ११:१३
9.1k
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो। यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।

बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.