कांग्रेस विशेष महाधिवेशन उद्घाटनकै दिन संस्थापन पक्षको अर्को कार्यक्रम

डिसी नेपाल
२४ पुष २०८२ १३:११
8.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा विभाजनको औपचारिक बीजारोपण भएको छ । दुई महामन्त्री नेतृत्वको समूहले पार्टीको विशेष महाधिवेशनको उद्घाटनको लागि तोकेको मितिमै संस्थापन पक्षले अर्को औपचारिक कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको फुट छताछुल्ल भएको हो ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर दिँदै सोही मितिमा युवा भेला गर्ने घोषणा गरेको छ । विशेष महाधिवेशन पक्षधरले पुस २७ गते आइतबार महाधिवेशनको उद्घाटनको कार्यक्रम राखेका छन् । सोही दिन संस्थापनले पार्टी मुख्यालय सानेपामा युवा भेला गर्ने भएको छ ।

संस्थापन पक्षले सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गरेर युवा भेलाको आयोजना गर्ने घोषणा गरेको बताइएको छ । संस्थापनले २८ गते पनि अर्को कार्यक्रम जुधाउने तयारी गरेको छ । २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको छ ।

संस्थापन पक्षले काउन्टर कार्यक्रम आयोजना गर्नको लागि सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायत सहभागी भएको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.