सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment