कांग्रेस महाधिवेशन : नयाँ कार्यसमितिका लागि निर्वाचन समिति गठन गर्ने प्रस्ताव पारित

डिसी नेपाल
२८ पुष २०८२ १३:२२
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रले नयाँ कार्यसमितिको निर्वाचनमा लागि ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ। बन्द सत्रले महाधिवेशन सञ्चालन कार्यविधि पारित गरेको हो । यो कार्यविधिमा निर्वाचन समितिको व्यवस्था छ।

कार्यविधिमा उल्लेख भएअनुसार यो निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ । त्, यो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति विधानबमोजिम ४ वर्षको लागि नभइ १५ औं महाधिवेशनले अर्को केन्द्रीय कार्यसमिति निर्वाचित नगर्दासम्मका लागि मात्र हुनेछ ।

निर्वाचन समितिमा एक जना संयोजक रहनेछन् भने चार जना सदस्य रहनेछन्। निर्वाचन समितिले निर्वाचन सम्बन्धी कार्यविधि/निर्देशिका आफैँ तय गरी निर्वाचन सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.