पूर्व सभापति दाहालको निधनप्रति पत्रकार महासंघ काठमाडौँले दियो श्रद्धाञ्जली

डिसी नेपाल
२८ पुष २०८२ १९:४१

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति काठमाडौँ शाखाले श्रद्धाञ्जली व्यक्त गरेको छ।

दाहालको गत पौष २५ गते निधन भएको थियो। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सोमबार कार्यक्रमको आयोजना गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो।

महासंघ काठमाडौँ शाखाले स्व. दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ।

श्रद्धाञ्जली कार्यक्रममा महासंघ काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्याल, केन्द्रीय सदस्य सूर्य सुवेदी, उपाध्यक्ष कमल राना, सहसचिव विक्रम रत्न र सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्व. दाहालले नेपाली पत्रकारिता र लोकतान्त्रिक मूल्य स्थापनाका लागि पु¥याएको योगदानको स्मरण गर्दै उहाँको योगदान इतिहासमा सदैव अमिट रहने बताएका थिए। कार्यक्रमको सञ्चालन शाखाका सहसचिव विक्रम रत्नले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.