प्रविधि क्षेत्रका २ ठूला कम्पनी एप्पल र गुगलबीच महत्वपूर्ण सम्झौता
काठमाडौं । टेक दिग्गज एप्पल र गुगलले सोमबार एक महत्वपूर्ण सम्झौताको घोषणा गरे।
यस सम्झौता अन्तर्गत एप्पलको सिरी सहायक सहितको अर्को पुस्ताका कृत्रिम बुद्धिमत्ता सुविधाहरू गुगलको जेमिनी मोडेलहरू र क्लाउड प्रविधिद्वारा संचालित हुनेछन्।
यस सम्झौताको बारेमा एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यसमा भनिएको छ, “एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन मोडेलहरूको लागि उत्तम क्षमताहरू प्रदान गर्दछ भन्ने निर्धारण गरेको छ।”
विज्ञप्तिमा एप्पलको कृत्रिम बुद्धिमत्ता प्रणाली एप्पलको गोपनीयता मापदण्डहरू कायम राख्दै एप्पल उपकरणहरू र निजी क्लाउड कम्प्युटमा चलिरहने पनि भनिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment