आज कति पुग्यो सुन चाँदीको मूल्य ?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो।
सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ। यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment