कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधि भड्किए, नयाँ नेतृत्वको माग गर्दै नाराबाजी

डिसी नेपाल
२९ पुष २०८२ १३:१३
712
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा आएका महाधिवेशन प्रतिनिधिहरू भड्किएका छन् । बन्द सत्रको दोस्रो दिन पनि नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सुरू नभएपछि उनीहरू भड्किएर नाराबाजी गर्न थालेका हुन् ।

विशेष महाधिवेशन आह्वान गर्ने नेताहरूले अझै पनि सहमति हुन सक्ने अपेक्षामा संस्थापन पक्ष र शेखर कोइराला पक्षका नेताहरूसँग वार्ता गरिरहेका छन् । वार्ताबाट कुनै समाधान निस्किने अपेक्षामा केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रियामा केही ढिलाई गरिएको छ ।

ढिलाईबाट महाधिवेशन प्रतिनिधिहरी बिच्किएर नाराबाजीमा उत्रिएका हुन् । उनीहरूले ‘केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर’ लगायतका नारा लगाउँदै नाराबाजी गरेका छन् । उता सहमतिका लागि आज बिहान भएको त्रिपक्षीय वार्ता दिउँसो साढे २ बजे फेरि बस्ने गरी स्थगित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.