आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
वृष : धनलक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्नेछ ।
मिथुन : बोल्दा धेरै पटक सोच्नुपर्नेछ । तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन् । अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ । जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ ।
कर्कट : स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ ।
सिंह : शत्रु बढ्नेछन् । आज खर्च बढ्नाले मन अशान्त बन्नेछ । लामो यात्रामा ननिस्कनु उचित हुनेछ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ ।
कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । पारिवारिक मेलमिलाप हुनेछ ।
तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ । स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृश्चिक : दिन राम्रो छ । ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ । स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।
धनु : समय सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।
मकर : आज साथीले असहयोग गर्नेछन् । ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ । आलस्यता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।
कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ । शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ ।
मीन : दिन राम्रो छ । स्वदेशमै सेवाको अवसर मिल्नेछ । समाजसेवामा समय बिताउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग परेको छ ।







डिसी नेपाल








Facebook Comment