बुधबार कस्तो रहला देशभरको मौसम?
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशकाका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी, कर्णाली प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राती भने तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







डिसी नेपाल








Facebook Comment