गगन थापाले सभापति पदमा मनोनयन दर्ता गराए
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी विशेष महाधिवेशनमा सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् ।
अहिलेसम्म सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेकोले उनको प्रतिस्पर्धा कोसँग हुने वा निर्विरोध हुने भन्ने निश्चित छैन । मनोनयन दर्ताका लागि हिजो ३ जनाले मनोनयन फाराम लिएका थिए ।
सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment