कांग्रेसको विशेष महाधिवेशनमा मतदान नहुने
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ताको काम सकिएको छ । निर्वाचन समितिले अब उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
सभापति पदमा लागि महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । विधानअनुसार महामन्त्री २ जना नै हुन्छन् । अन्य पदहरुमा कसले उम्मेदवारी गरा एभन्ने निर्वाचन समितिले खुलासा गर्न बाँकी छ ।
विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रममै सकेसम्म मतदान गर्न नपरोस् भन्ने हिसाबले मनोनयन दर्ता गरिएको स्रोतले बतायो । स्रोतका अनुसार महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्व सर्वसम्मतिकै आधारमा निर्विरोध चयन गर्ने प्रयास भइरहेको छ ।
यदि कुनै पदमा विधानमा निर्धारित संख्याभन्दा धेरै जनाको उम्मेदवारी परेमा सहमतिमै फिर्ता लिएर निर्विरोध बनाउन खोजिएको छ । यसका लागि मनोनयन दर्ताकै क्रममा उम्मेदवारलाई ‘आवश्यक परे उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने व्यहोराको फाराममा हस्ताक्षर गराइएको छ ।
कुनै पनि पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेमा हलले सहमति गर्ने म्याण्डेट दिने र सोही म्यान्डेटका आधारमा उम्मेदवारले आपसी सहमतिमा बढी भएका उम्मेदवारी फिर्ता लिइ सर्वसहमतिमा नेतृत्व चयनको व्यवस्था गर्ने स्रोतले जानकारी दिएको छ ।







डिसी नेपाल








Facebook Comment