प्रेस युनियनले भन्यो- कांग्रेस एकता अहिलेको आवश्यकता हो
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको युनियनका अध्यक्ष लम्सालले विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक व्यवस्थामा दलहरु विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले पनि खेप्नुपर्ने भएकाले विभाजन नभई एकताको बाटो रोज्न अनुरोध गरेका हुन् ।
उनले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेस जस्ता लोकतान्त्रिक दलहरुको एकता जरुरी रहेको उल्लेख गरेका छन्।
‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ । साथै, नेपाल प्रेस युनियन आवद्ध देशभरका साथीहरुलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न हार्दिक अनुरोध गर्दछ’, लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।







डिसी नेपाल








Facebook Comment