नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट बुधबार पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
“सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने।
सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेका थिए।
‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति .फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन। म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने।







डिसी नेपाल







Facebook Comment