कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा गगन थापाको निवेदन
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशनपछिका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। थापा स्वयं उपस्थित भएर निवेदन दिएका हुन् ।
सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई कांग्रेसले आफ्नो विधान अनुसार विशेष महाधिवेशन गरेकोले विवरण अद्यावधिक गर्न आग्रह गरे ।
नवनिर्वाचित सभापति थापा पदाधिकारीहरू र कानुन व्यवसायीहरूसहितको टोली लिएर स्वयं आयोग पुगेका थिए । थापाले निर्वाचन नजिकिएकोले विवरण अद्यावधिकको काम छिटो गरिदिन पनि अनुरोध गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment